'विराटनगर प्याब्सनद्वारा शिक्षक तालिम तथा कार्यशाला सम्पन्न'

विराटनगर,२७ भदौ ,प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रम, प्रश्नपत्र निर्माण तथा अध्यापन-सिकाइमा सूचना प्रविधिको प्रयोगसम्बन्धी शिक्षक तालिम तथा कार्यशाला सम्पन्न भएको छ। विराटनगरका विभिन्न विद्यालयबाट २५ जनाभन्दा बढी शिक्षक सहभागी हुनुभएको उक्त तालिममा सहजकर्ता पाठ्यक्रम विकास केन्द्रका विज्ञ तथा पाठ्यपुस्तक लेखक इन्जिनियर नवीन मास्के हुनुहुन्थ्यो। कार्यक्रमलाई प्रिन्ट नेपाल पब्लिकेसन्सले सहयोग गरेको प्याब्सन विराटनगरले जनाएको छ।

विज्ञापन
No data was found

त्यसैगरी,समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो भने नेपाल पब्लिकेसन्सका प्रबन्ध निर्देशक राजेन्द्र थपलिया, प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा, सहसचिव दिनेश ढुङ्गाना, सदस्य विजय सिंह लगायतको उपस्थिति रहेको थियो।सहभागी शिक्षक विशाल अग्रहरीले तालिम उपलब्धिमूलक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ।प्रमुख अतिथि भट्टराईले प्याब्सन विराटनगरले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै शिक्षकहरूको व्यावसायिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुका साथै विराटनगरलाई शैक्षिक हब बनाउन प्याब्सनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।

प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले समयअनुकूल शिक्षाका लागि शिक्षकको क्षमता विकास आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि पाठ्यक्रम, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी तालिमलाई निरन्तरता दिने बताउनुभएको थियो।कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

No data was found
5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 प्रतिक्रिया
Oldest
Newest Most Voted
यो पनि पढ्नुहोस

प्याब्सन केन्द्रले बाढी पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा गर्यो,१२ करोड सहयोग

हिसान केन्द्रले बाढी पीडितको राहत तथा पुनस्थापनाका लागि गर्यो,तीन करोड सहयोग  

गीतकार सुन्दर पन्तद्वारा तीज गीत सार्वजनिक

सातवटै प्रदेशमा ‘शिक्षा संवाद’ सम्पन्न, नेपाल शिक्षक महासङ्घ र पत्रकार असन्तुष्ट

राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा नगरस्तरीय सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न

ग्यासको चरम संकट र बढ्‌दो महँगी विरुद्ध नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी)को प्रदर्शन

नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रालयलाई बुझायो ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न