'गीतकार सुन्दर पन्तद्वारा तीज गीत सार्वजनिक'

काठमाडौं, भदौ २२ ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तले नयाँ तीज गीत “ कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ” हालै युट्युवमा सार्वजनिक भएको छ। उक्त गीत तीजको सन्देशमुलक चेतनायुक्त, विविध सांस्कृतिक पक्षका साथै नारीवादीको भावनाका साथै पारिवारिक परिवेशलाई समेटेर प्रस्तुत गरिएको छ ।

विज्ञापन
No data was found

सुन्दर पन्तको शव्द, सुवर्ण श्रेष्टको संगीत रहेको सीमरन परियार र सुन्दर हाङ राई को सुमधुर स्वरमा सुसज्जित तीजको सन्देशमुलक गीत रेकर्डिङ हरि सायमी तथा संगीत संयोजन र मिक्स-मास्टरिङ राजिव शाहले गर्नुभएको हो । गीत स्ट्रीङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

तारावीर पाण्डेको निर्देशन गीतको भिडियोमा पवित्रा आचार्य (पाओला) र प्रकाश जंग कार्कीले अभिनय रहेको छ । सुनील राउतको छायांकन रहेको भिडियोमा पवित्रा आचार्यकै कोरियोग्राफी रहेको छ । सुशील डाँगीले सम्पादन तथा कलरिङ, निशान एसकेले ग्राफिक्स र रियोन महतले स्टिल फोटोग्राफी तथा श्रृगार सोम मग्राती गर्नुभएको छ । वरिष्ठ गायक तथा संगीतकार तारावीर पाण्डेको निर्देशनमा तयार भएको उक्त भिडियो भिडियोमा पवित्रा आचार्य (पाओला)ले कोरियोग्राफी गर्नु भएको छ । उक्त गीत तीजसँग जोडिएका सांस्कृतिक, पारिवारिक र नारी संवेदना तथा चेतनामुलक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माता कविता पन्तले बताउनु हुन्छ।

No data was found
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 प्रतिक्रिया
Oldest
Newest Most Voted
यो पनि पढ्नुहोस

प्याब्सन केन्द्रले बाढी पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा गर्यो,१२ करोड सहयोग

हिसान केन्द्रले बाढी पीडितको राहत तथा पुनस्थापनाका लागि गर्यो,तीन करोड सहयोग  

सातवटै प्रदेशमा ‘शिक्षा संवाद’ सम्पन्न, नेपाल शिक्षक महासङ्घ र पत्रकार असन्तुष्ट

राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा नगरस्तरीय सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न

ग्यासको चरम संकट र बढ्‌दो महँगी विरुद्ध नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी)को प्रदर्शन

नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रालयलाई बुझायो ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

त्रि.वि.को सेवा प्रवाहलाई छिटो, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन विद्यार्थीहरुको माग