'त्रि.वि.को सेवा प्रवाहलाई छिटो, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन विद्यार्थीहरुको माग'

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत BICTE (Bachelor of Information Communication Technology Education) कार्यक्रमका विद्यार्थीहरूले सामान्य ट्रान्स्क्रिप्ट बनाउन समेत पटक–पटक विभिन्न शाखा र कोठाहरू धाउनुपरेको भन्दै गुनासो गरेका छन्।

विज्ञापन
No data was found

विद्यार्थीहरूका अनुसार Final Semester को नतिजा २०८३ साल असार २४ गते प्रकाशित भएको थियो। त्यसपछि असार ३२ गते ट्रान्स्क्रिप्टका लागि आवेदन दिइएको थिए। सम्बन्धित कार्यालयबाट १५ दिनपछि ट्रान्स्क्रिप्ट तयार हुने जानकारी दिइएको भए पनि आवश्यक कागजात छिट्टै चाहिएकाले विद्यार्थीहरू साउन ७ गते नै बुझ्न पुगेका थिए।

तर, तयार भएको ट्रान्स्क्रिप्टमा सबै Semester को विवरण तथा अध्ययन अवधिको Start Year र End Year नै उल्लेख नभएको भेटिएपछि उनीहरूलाई पुनः केही दिनपछि आउन भनियो।समस्या समाधान होला भन्ने आशामा विद्यार्थीहरू साउन १२ गते पुनः परीक्षा नियन्त्रण कार्यालय पुगे। त्यहाँबाट उनीहरूलाई कोठा नम्बर १० मा पठाइयो। कोठा नम्बर १० बाट IT Section मा जान भनियो। IT Section मा समस्या राख्दा “खास समस्या के हो, पहिला कोठा नम्बर १० मा बुझेर आउनुहोस्” भन्दै पुनः फर्काइयो।

फेरि कोठा नम्बर १० मा पुगेर बुझ्दा ट्रान्स्क्रिप्टमा आवश्यक विवरणहरू प्रणालीमै Entry नगरिएको पाइएको थियो। त्यसपछि विद्यार्थीहरू पुनः IT Section पुगे र आवश्यक विवरणहरू प्रणालीमा अद्यावधिक गरियो।तर समस्या त्यतिमै सकिएन। IT Section बाट काम सम्पन्न भएपछि विद्यार्थीहरूलाई फेरि कोठा नम्बर १० र त्यसपछि कोठा नम्बर १४ मा पठाइयो। कोठा नम्बर १४ मा पुग्दा सम्बन्धित कर्मचारीले “IT Section बाट चिठ्ठी आएको छैन, त्यसबिना काम गर्न सकिँदैन” भन्ने जवाफ दिएका थिए।

विद्यार्थीहरूले कार्यालयहरूबीचको समन्वय कर्मचारीहरूले नै गर्नुपर्ने तर्क राखे पनि उनीहरूलाई पुनः अर्को शाखामा पठाइएको बताइएको छ। त्यसपछि विद्यार्थीहरू कोठा नम्बर १०, IT Section, प्रशासन शाखा हुँदै विभिन्न कर्मचारीहरूसँग भेट गर्न बाध्य भए।यस क्रममा IT Section का कर्मचारी, प्रशासन शाखा तथा अन्य सम्बन्धित अधिकारीहरूसँग पटक–पटक सम्पर्क गर्दा पनि स्पष्ट समाधान नपाएपछि उनीहरू Dean Office पुगेका थिए। त्यहाँ Assistant Dean अवतार सरले समस्या बुझेर आवश्यक पत्र तयार गराउन सहयोग गरेको विद्यार्थीहरूको भनाइ छ।

उक्त पत्र लिएर पुनः कोठा नम्बर १४ मा पुगेका विद्यार्थीहरूलाई सोही दिन काम सम्पन्न नगरी “भोलि आउनुहोस्” भनिएको थियो। त्यसपछि उनीहरू पुनः अर्को दिन कार्यालय धाउन बाध्य भएका छन्। विद्यार्थीहरूको गुनासो अनुसार एउटा सामान्य ट्रान्स्क्रिप्ट सच्याउनका लागि परीक्षा नियन्त्रण कार्यालय, IT Section, प्रशासन शाखा, Dean Office लगायतका विभिन्न शाखा र कोठाहरू धाउनुपरेको छ। कार्यालयहरूबीच हुनुपर्ने समन्वयसमेत विद्यार्थी आफैंले गर्नुपर्ने अवस्था रहेको उनीहरूको आरोप छ।

“यदि एउटा ट्रान्स्क्रिप्ट सच्याउन यति धेरै शाखा धाउनुपर्छ भने विद्यार्थीमैत्री सेवा प्रवाह कहाँ छ? कार्यालयहरूबीचको समन्वय कर्मचारीहरूले गर्ने कि विद्यार्थीले?” भन्ने प्रश्न विद्यार्थीहरूले उठाएका छन्। विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय प्रशासनसँग सेवा प्रवाहलाई छिटो, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन माग गरेका छन्। उनीहरूका अनुसार सामान्य प्रशासनिक कामका लागि समेत दिनहु कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुन आवश्यक रहेको बताउछन् । विद्यार्थीले भोग्नु परेको उक्त समस्याका बारेमा “शिक्षा पोष्ट” लाई सानोठिमी क्याम्पस ,अखिल क्रान्तिकारीका अध्यक्ष सागर कार्कीले बताएका हुन्।

No data was found
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 प्रतिक्रिया
Oldest
Newest Most Voted
यो पनि पढ्नुहोस

प्याब्सन केन्द्रले बाढी पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा गर्यो,१२ करोड सहयोग

हिसान केन्द्रले बाढी पीडितको राहत तथा पुनस्थापनाका लागि गर्यो,तीन करोड सहयोग  

गीतकार सुन्दर पन्तद्वारा तीज गीत सार्वजनिक

सातवटै प्रदेशमा ‘शिक्षा संवाद’ सम्पन्न, नेपाल शिक्षक महासङ्घ र पत्रकार असन्तुष्ट

राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा नगरस्तरीय सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न

ग्यासको चरम संकट र बढ्‌दो महँगी विरुद्ध नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी)को प्रदर्शन

नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रालयलाई बुझायो ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न