'नेपालमा पाइलटको कथा र व्यथा – डा.डम्बरराज पाण्डेय, नयाँ बानेश्वर'

नेपालका हरेक अभिभावकको सपना हुने गर्दछ कि भविष्यमा आफ्ना सन्तानले पढेर मूलतः तीन पेसाहरू जस्तै डाक्टर, पाइलटर इन्जिनीयर बनुन् । नेपालको सन्दर्भमा छोराछोरीहरूलाई चिकित्सक र इन्जिनीयर भन्दा विमान चालक बनाउन बढी खर्च लाग्दछ । यस लेखमा नेपालमा विमान चालकहरूको तालिम पछिको कथा र व्यथा प्रस्तुत गरिएको छ । फिलिपिन्स,न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र क्यानडा आदि मुलुकहरूबाट पाइलट ट्रेनिङ सकेर आएकाहरूलाई नेपालमा आउने बित्तिकै जागिर पाउन एक विकराल समस्या छ ।

विज्ञापन
No data was found

हाल नेपालमा सिमित वायुसेवा कम्पनीहरू छन् । नेपालमा सरकारी ध्वजाबहाक नेपाल वायुसेवा निगम सित थोरै प्लेनहरू छन् ।प्राइभेट एयरलाइन्स कम्पनी मध्ये इन्टरनेसनल सेक्टरमा उडान भर्दै आएको हिमालय एयरलाइन्स, आन्तरिक भारतको बनारस र कोलकता उडान गर्दै आएको बुद्ध एयरसँग हाल १७ एटीआर विमानहरू छन् । सङ्ख्या र गुणस्तरका हिसाबले यो कम्पनी एक नम्बरमा पर्दछ । त्यसपछि कम्पनीमा क्रमशः यती एयर, श्री एयरलाइन्स, सौर्य, सीता, तारा, सिम्रिक आदि पर्दछन् ।
यसमध्ये खराब अवस्थाका कारण केही कम्पनीका जहाजहरू ग्राउन्डेड छन् ।हवाइ उड्डययनको पछिल्लो तथ्याङ्क अनुसार २०८३ सालसम्म नेपालमा करिब ४५० जना भन्दा बढी पाइलटहरू हाल बेरोजगार छन् । ती मध्येका पोखराका एक जना यस्तै बेरोजगार युवा कमल भन्छन्, “यस्तो बेरोजगारीमा काठमाडौँका एभिएसन कन्सलट्यान्सीहरूले विमान चालक तालिम गर्न भारी मात्रामा कमिसन लिई विद्यार्थीहरूलाई पठाएको पठायै छन् ।अब त राज्यले यसरी विदेश पठाउने स्वीकृति दिन बन्द गरे हुन्थ्यो नि?” पाइलटहरूका यी र यस्ता धेरै व्यथाहरू नेपाली समाजमा व्याप्त छन् । यहाँ पात्रहरूका नाम फरक राखिएका भए पनि तिनका सफलताका कथा र व्यथाहरू सत्यमा आधारित छन्ः
१. सन् २०२२ अगष्टमा सुदूरपश्चिमेली एक जना युवा आदित्य (नाम परिवर्तन) साउथ अफ्रिकाबाट पाइलटको तालिम सकेर
नेपाल आए । उमेरले २० वर्ष नाघेका उनमा नेपाली आकाशमा हवाई जहाज उडाउने उच्च रहर हुनु स्वभाविकै थियो । यस्तो
विषम परिस्थितिमा आदित्यको जागिरको लागि एक वर्ष अघिदेखि उनी र उनका अभिभावक पनि चिन्तामा डुबेको थिए । यता२-३ वर्ष बेरोजगार भएर बसेका पाइलटहरूको समाचारले मन भित्र-भित्रै भतभती पोलिरहेको मात्र थिएन त्यो भन्दा उदेक त सकिनसकी बैंक लोनमा पढाएको सन्तानको त्यो प्राविधिक ज्ञान र सीप प्रयोग हुन नपाई त्यत्तिकै खेर जाने भय तथा डर सबै
अभिभावकमा रहन्छ भन्ने हेक्का थियो । त्यसमा लामो समय बेरोजगार भइरहँदा युवामा पनि डिप्रेसन होला भन्ने त्रासले डेरा
जमाउँदै थियो । यो चिन्ता धेरै समय सम्म टिकेन । जागिर पाउनु आदित्यको ठूलो सौभाग्य थियो । साउथ अफ्रिकाबाट नेपाल
आए लगत्तै २०२३ मा उनी Tube Rating तालिमको लागि विदेश उडे । उनलाई सोही सालमा नेपालको हवाई नियामक
निकाय सिभिल एभिएसन अथोरिटी (CAAN) ले विमानचालकको परिचयपत्र दियो र त्यसपछि उनी 2023 देखिनै नेपाली आकाशमा कार्यरत छन् ।
२. काठमाडौँका दिनेश थापा पाइलट कोर्ष पढ्न सन् 2007 मा साउथ अफ्रिका गएका थिए । उनले केही महिनापछि
प्राप्त गरेको खुसियालीमा एक दिन साँझ त्यहाँको एउटा क्लबमा रमाइलो गर्न गएका थिए । त्यो क्लबमा एक साउथ अफ्रिकन
युवतीसित उनको भेट भयो । बोलचालको क्रममा दिनेशले बोलेका तथा भनेका शब्दले ती युवती रिसाइन् । त्यसमा पनि ती
युवती एक ठूलै नेताकी छोरी पर्ने रहिछिन् । त्यसैको प्रभावले होला युवतीको उजुरीको आधारमा दिनेशले ज्यादती गरेको
प्रमाणित भयो र उनलाई १० वर्षको निम्ति त्यहाँबाट डिपोट (देश निकाला) गरियो । फर्केर काठमाडौँमा दिनेशले रेस्टुरेन्ट र
अन्य व्यवसायमा हात त हाले तर सफल हुन सकेनन् । तर उनको धोको पाइलट बन्नु नै थियो । १० वर्षपछि उमेरले ३० वर्ष
काटेका विवाहित उनी पुनःतालिमका लागि दक्षिण अफ्रिका गएछन् । बल्लतल्ल पाइलटको टेनिङ सकेका उनले नेपालको
बेरोजगारी राम्ररी बुझेको हुँदा त्यतै प्रशिक्षकको तालिम लिई काम गर्न थालेछन् । Instructor को रूपमा त्यहाँ काम गरे पनि
नेपालबाटै श्रीमतीले अपुग खर्च पठाउने गर्दथिन् । समय बित्दै गयो, २०२३ मा उनी नेपाल फर्के र हाल सम्म बेरोजगार छन् ।

३. कुशल क्षेत्रीको व्यथा बेग्लै छ । सन् २०२० मा उनी विमानचालक तालिम (Pilot Training) को लागि South Africa (SA) उडेका थिए । सरदर २ वर्षको कोर्ष भएको बेला उनलाई करिब ४ वर्ष लागि सक्यो । ती पनि उतै राम्ररी अध्ययन
नगरी बेकारमा बसेका छन्। बुबाआमाले सरसापट लिएर, भएको घरखेत बैंकमा धितोराखेर र भएको एक स्कूटरसमेत बेचेर
मासिक रूपमा नेपालबाट पैसा पठाइ रहेका छन् । उता कुशल भने यसमा चिन्तित नभएको अवस्था छ । उनीसँगै पढ्न गएका
साथीहरू कोही नेपाल तथा विदेशमा जहाज उडाउँदै छन्। दुर्भाग्य के छ भने यहाँ आएका पाइलट आफैँ बेरोजगार छन् ।
जसका कारण तिनीहरू डिप्रेसनका सिकार हुने अबस्था सिर्जना नहोला भन्न सकिन्न । लाइसेन्स नवीकरणका लागि विदेश
फेरि जान र त्यहाँ पनि फ्रेस टेनीहरूलाई जागिर पाउनु फलामको चिउरा चपाउनु जस्तै छ । कुशलमा यो चेत कहिले खुल्ने
हो ?
समस्याको समाधानः

राज्यको अरबौं लगानी भएको यस क्षेत्रमा रोजगारीको बाटो खोलेर दक्ष जनशक्तिलाई पलायन हुन नदिन सरकारले यस
विषयमा गम्भीर भएर नीति निर्माण गर्ने हो भने यो समस्याको समाधान गर्न सकिनेछ । यसका निम्ति तलका निम्न ५
बुँदाहरूमा ध्यान दिनु आवश्यक देखिन्छः
१. सस्तो शुल्कमा विदेशमा भन्दा नेपालमै फ्लाइट स्कुल खोल्नु पर्दछ । यसले स्वदेशमै रोजगारीको वातावरणको सिर्जना हुनेछ ।
२. NAC को सुशासन र यसको प्लेनको सङ्ख्या बढाउनु पर्दछ ।
३. निजी क्षेत्रको सहभागितालाई थप हौसला दिने नीति आवश्यक छ ।
४. रोजगारी दिँदा आफ्नै देशको जनशक्तिलाई उच्च प्राथमिकतामा राख्नु पर्दछ ।
५. हवाइ क्षेत्रलाई आकर्षक बनाउने विशेष योजनामा राज्यले ध्यान दिनु पर्दछ । अन्तमा देश निर्माणको यस क्षेत्रमा स्वदेशमै रोजगारीको वातावरणको सिर्जना गर्ने कार्यमा वर्तमान सरकारले तत्काल हवाइ संरचनाको संरक्षण, सबै एयरपोर्टहरूको भरपुर उपयोग, निजी हवाइ सेवा प्रदायक कम्पनीलाई उतप्रेरणात्क कार्यक्रम ल्याएर दक्ष युवा पलायन हुने विकराल अवस्था रोक्न जरुरी देखन्छ । हवाइ शुल्क क्षेत्रमा समेत नियन्त्रण गरी यसमा सर्वपहुँचताको वातावरण प्रदान गरेर पर्यटन व्यवसायको अभिवृद्धिमा जोड दिनु आवश्यक छ ।

No data was found
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 प्रतिक्रिया
Oldest
Newest Most Voted
anti-violence-772346
20 days ago

[272704]supplies professional anti-violence equipments and solutions for the whole world with strong and perfect production capacity. anti-violence.org

यो पनि पढ्नुहोस

प्याब्सन केन्द्रले बाढी पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा गर्यो,१२ करोड सहयोग

हिसान केन्द्रले बाढी पीडितको राहत तथा पुनस्थापनाका लागि गर्यो,तीन करोड सहयोग  

गीतकार सुन्दर पन्तद्वारा तीज गीत सार्वजनिक

सातवटै प्रदेशमा ‘शिक्षा संवाद’ सम्पन्न, नेपाल शिक्षक महासङ्घ र पत्रकार असन्तुष्ट

राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा नगरस्तरीय सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न

ग्यासको चरम संकट र बढ्‌दो महँगी विरुद्ध नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी)को प्रदर्शन

नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रालयलाई बुझायो ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न