रास्वपाको लथालिङ्ग महाधिवेशन : नयाँको नाममा पुरानै शैलीको नक्कल ! | LEAD EXPLAINER

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अपेक्षाअनुसार व्यवस्थित र उदाहरणीय बन्न सकेन। नयाँ राजनीतिक संस्कार, पारदर्शिता र वैकल्पिक राजनीतिका प्रतिबद्धतासहित उदाएको पार्टीको महाधिवेशनमै व्यवस्थापन कमजोरी, आन्तरिक असन्तुष्टि, संगठनात्मक अन्योल र नेतृत्वमाथि उठेका प्रश्नले धेरैलाई निराश बनाएको छ।

विज्ञापन
No data was found

महाधिवेशनका क्रममा प्रतिनिधि व्यवस्थापनदेखि निर्णय प्रक्रियासम्म विभिन्न विषयमा विवाद देखियो। आलोचकहरूले रास्वपाले पुराना दलहरूको कार्यशैलीको आलोचना गर्दै आए पनि व्यवहारमा भने त्यही शैली दोहोर्याएको आरोप लगाएका छन्। अर्कोतर्फ, पार्टी नेतृत्वले केही प्राविधिक र संगठनात्मक कमजोरी भए पनि महाधिवेशनले संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

के रास्वपाको महाधिवेशन वास्तवमै नयाँ राजनीतिक संस्कारको अभ्यास थियो, वा पुरानै राजनीतिक प्रवृत्तिको पुनरावृत्ति? महाधिवेशनमा देखिएका कमजोरी, नेतृत्वको भूमिका, प्रतिनिधिहरूको असन्तुष्टि र यसको आगामी राजनीतिक प्रभावबारे यस LEAD EXPLAINER मा विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ।

 

@RajendraBaniyaOfficial